‘कुलिङ पिरियड’ प्रकरणमा समितिको प्रतिवेदन: सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस

काठमाडौं । ‘कुलिङ पिरियड’ छानबिन विशेष समितिले सर्वसम्मत प्रतिवेदन तयार पारेको छ । समितिले सभापति रामहरि खतिवडाले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस गरेको छ। ‘कुलिङ पिरियड’को प्रावधान समेटिएको विषयमा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा गम्भीर जालझेल भएको निष्कर्षसहित विशेष छानबिन समितिले प्रतिवेदन पारित गरेको हो। संसदीय छानबिन विशेष समितिले उच्च पदस्थ कर्मचारीको हकमा…