लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्का निर्विरोध निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्रै मनोनयन परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । कांग्रेस सांसद मोहन आचार्य प्रस्तावक र सांसद जनकराज गिरीको समर्थनमा खड्काले बिहीबार समिति सभापति पदमा मनोनयन दर्ता गराएका थिए…