काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसिया कपका लागि छनोट हुन असफल भएको छ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। बिहान भएको खेलमा नेपाल ५६ रनले पराजित भयो। थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै केवल ७४ रन मात्र बनाउन सक्यो।…