काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै पार्टीकी सांसद खुश्बु ओलीले अर्थमन्त्री वाग्लेको राजीनामा माग गरेको हो । करका दरमा गरेको संशोधनलाई लिएर गम्भीर प्रश्न उठाउँदै उहाँ निष्पक्ष छानबिन नहुँदासम्म वाग्लेले नैतिकताको आधारमा पदबाट अलग रहनुपर्ने बताईन् । उनले भनिन्,…