६ घण्टापछि नियन्त्रणमा आयो मखन टोलको आगलागी, एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको मखनटोलमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ। आगलागीमा परी मृत्यु भएकी महिलाको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरी प्रवक्ता अपिलराज बोहराले बताए। काठमाडौँ उपत्यकाका ६ वटा दमकलको सहयोगमा ६ घण्टामा आगो नियन्त्रणमा लिइएको उनको भनाइ छ। सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको…