कांग्रेसले भन्यो-आतंकवादबिरुद्दको कारवाहीलाई जायज ठान्छौँ

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले भारतले पाकिस्तानी क्षेत्रमा गरेको हवाई आक्रमण ‘अप्रेसन सिन्दूर’लाई जायज भनेको छ। शुक्रवार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले अप्रेसन सिन्दूरलाई जायज भनेको हो। भारतको काश्मीरस्थित पहलगाममा एक नेपालीसहित २६ जनाको हत्या भएपछि भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेको हो। पाकिस्तानले ‘आतंकवादी’ समूहको संरक्षण गरेको भन्दै भारतले आक्रमण गरेको हो।…