स्थानिय भन्छन् – हाम्रो ठाउँमा यतिको सडक बन्ला भन्ने कल्पना पनि थिएन

इलाम । सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्र भइरहेको देख्दा सपना जस्तै लागिरहेको छ। सडक छेउमा उभिएर स्तरोन्नति भइरहेको सडक नियाल्दै अधिकारीले भन्छन्, ‘हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ भन्ने कल्पना पनि थिएन। सपना हो कि विपना हो जस्तो लागिरहेको छ।” उनीमात्र होइन हिलो, धुलो र खाल्डाखुल्डीले आजित भएका यहाँका सबैजसो…