सुधन गुरुङ छानबिन समितिको म्याद पाँच दिन थप

काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठन गरिएको समितिको म्याद पाँच दिन थप गरिएको छ। समितिको प्रारम्भिक म्याद सोमबार सकिएको थियो। थप समय आवश्यक परेको भन्दै समितिले सरकारसँग म्याद विस्तारका लागि अनुरोध गरेपछि आजदेखि लागू हुने गरी पाँच दिन म्याद थप गरिएको हो। छानबिन समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीका…