बाढीले क्षतिग्रस्त ६ झोलुंगे पुल पुनर्निर्माण गरिने

काभ्रेपलाञ्चोक । बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ झोलुंगे पुल पुनर्निर्माण गरिने भएका छन्। विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढीपहिराले बगाएका ती पुल निर्माणार्थ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो। विसं २०८१ असोज १०/१२ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण क्षति पुगेको पक्की पुलसहित क्षतिग्रस्त झोलुंगे पुल झन्डै दुई वर्षपछि पुनर्निर्माण हुने भएका छन्।…