काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई कार्यकारी प्रतिवेदन पेश गरेको छ । आइतबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलाई उक्त कार्यकारी प्रतिवेदन सारांश पेश गरिएको हो । प्रतिवेदन सारांश बुझ्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई अगाडि बढाउनका लागि थुप्रै आयामहरु रहेको बताए । उनले उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पूँजीगत खर्चमा दबाबमा वा सोचेजस्तो नतिजा प्राप्त गर्न नसकेको…