काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा दुई समूहबीच भएको विवाद र त्यसपछि उत्पन्न तनावबारे छानबिन गर्न सरकारले ५ सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा उक्त छानबिन समिति गठन गरिएको हो। घटनाका सम्बन्धमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरूसँग आपत्कालीन छलफलसमेत गरेका छन्। बैठकमा सुरक्षा अवस्था र सम्भावित जोखिमबारे…