नवलपरासी, भदौ १४ । बर्दघाट सुस्तापूर्वको कावासोतीमा ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) प्रयोगविहीन बनेको छ। कावासोती नगरपालिका–१ बालुवाडाँडामा ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो। तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग, रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले प्रयोगविहीन अवस्थामा पुगेको हो। टावरको अहिले स्टिलका बार चोरी…