अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गर्ने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ। अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएपछि आयोगले दर्ता गर्ने निर्णय गरेको हो। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका…