कांग्रेसले अस्वीकार गर्‍यो सरकारको प्रस्ताव, सदनको अवरोध जारी राख्ने निर्णय

काठमाडौँ– नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न सरकार तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने निर्णय लिएको हो। बिहीबार बसेको कांग्रेस शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको हो। प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने…