आचारसंहिता उल्लंघन भएको भन्दै २४ घण्टाभित्र प्रतिवेदन दिन मोरङ प्रशासनलाई आयोगको निर्देशन

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत गतिविधि भएको विषयमा सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न निर्वाचन आयोगले मोरङ प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मौन अवधिमा विराटनगरमा विभिन्न राजनीतिक दलहरुले भेला, चियापान र अन्य गतिबिधि गरेको सार्वजनिक भएपछि आयोगले त्यसबारे बुझेर प्रतिवेदन पेश गर्न निर्देशन…