काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प परिष्कृत लोकतन्त्र नै भएको बताएका छन् । ४८औं मेलमिलाप दिवसका अवसरमा पार्टीद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रको विकल्प लोकतन्त्रबाहेक अरु व्यवस्था नभएको भन्दै यस विषयमा सबै पार्टीको बीचमा एउटै सहमति र धारणा रहेको बताए । उनले भने, ‘लोकतन्त्रको प्रतिस्पर्धामा अझै राम्रो लोकतन्त्र बनाउनु बाहेक विकल्प…