एउटा पार्टीले बहुमत ल्याउन गाह्रो छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशिता र समानुपातिक निर्वाचन प्रणालीमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् । आफ्नो पार्टीनिकट नेपाल महिला संघद्धारा आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक प्रणालीका आधारमा संविधानमा व्यवस्था भएको हुनाले बहुमत कुनै एउटा पार्टीले ल्याउन गाह्रो रहेको बताएका हुन्…