शिक्षकहरुको एउटै दरबन्दी बनाउनुपर्छः सांसद भण्डारी

पौष ८,काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले सबै शिक्षकहरुको एउटै दरबन्दी बनाउनुपर्ने बताएका छन् । आईतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षकहरुको एउटै दरबन्दी बनाउनुपर्ने बताएका हुन् । उनले शिक्षकहरुले समयको मागअनुसार विद्यार्थीलाई शिक्षा दिनसक्छ÷सक्दैन भन्ने अहिलेको चुनौति रहेको उल्लेख गर्दै त्यस निम्ति पनि सचेत हुनुपर्ने…