सुदूरपश्चिम, २३ मङ्सिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमान्दारिता हुनुपर्ने खाँचो औँल्याएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा धनगढीमा आज आयोजित कार्यक्रममा उहाँले सुशासन कायम गर्न अब फरक ढङ्गले लाग्नुपर्नेमा जोड दिए । ऐन नियमलाई आफू अनुकूल व्याख्या विश्लेषण गर्ने प्रवृत्तिका कारण विभिन्न…