काठमाडौं । जनता समाजवादी पार्टी नेपालले चुरे क्षेत्र उत्खनन गरी गिट्टी–बालुवा निकासीको बाटो खोल्न तयार विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्ने भएको छ । सोमबार राजधानीमा भएको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनीषकुमार सुमनले बताए । ‘चुरे उत्खनन गरेर गिट्टी बालुवा निकासी सम्बन्धी सरकारले जुन विधेयक तयार गरेको छ, त्यसलाई तत्काल…