जनयुद्ध पृथ्वीनारायण शाहको कर्मपछिको ठूलो कर्म हो, दबाउन खोजे फेरि उठ्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहको कर्म पछिको ठूलो कर्म माओवादी जनयुद्ध भएको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) द्वारा लिखित ‘यात्रा जिन्दगी जनमुक्ति सेनाको कमान्डरदेखि उपराष्ट्रपतिसम्म’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । पृथ्वीनारायण शाहको कर्म पछिको ठूलो कर्म माओवादी जनयुद्ध भएको दाबी…