काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएका स्थानीय जनताको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । बैठकपछि मन्त्री बस्नेतले भने, ‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्ने भयो भने पनि सबैको उपचार…