चित्र बहादुर केसीको प्रश्न : २ करोड ९० लाख जनसंख्या भएको देशले १ सय ३८ जना मन्त्री थेग्न सक्छ ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले, सत्तामा पुग्दा राम्रो देख्ने सत्ता बाहिर बस्दा सात्तो पुत्लो जाने प्रवृतिप्रति तिखो व्यङ्ग्य गरेका छन् । प्रतिनिधि सभाको बिहिबारको बैठकमा उनले, अहिलेका शीर्ष दलहरुकै कारण प्राप्त उपलब्धीप्रति खतरा पैदा हुने चिन्ता व्यक्त गरे । ‘गणतन्त्र र लोकतन्त्रप्रति कोहीबाट खतरा छ भने हामीबाटै छ ।’ उनले भने ‘सत्तामा…