काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशङकर प्रसादलाई नियुक्ति गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रौतहट निवासी उमाशङकर प्रसादलाई आयोगको रिक्त सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्,‘राष्ट्रिय योजना आयोगको एउटा रिक्त सदस्य पद थियो । त्यसमा रौतहट निवासी उमाशङकर प्रसादलाई…