काठमाडौँ,१५ असोज । संसदको पूर्वाधार विकास समितिले निर्माणाधीन संसद भवनको अवलोकन गरेको छ ।सोमबार समितिका सदस्यहरुले निर्माण भईरहेको नयाँ संसद भवनको अवलोकन गर्दै प्रगति विवरणबारे जानकारी लिएका हुन् ।सहरी मन्त्री विकास मन्त्री सिता गुरुङ, समितिका सभापति दिपक सिहं र समिति सदस्यहरु अवलोकनमा सहभागि भएका थिए ।सिंहदरबारभित्र १५१ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन निर्माण भैरहेको छ…