वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन : माधव नेपाल

काठमाडौं, १७ असोज । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले राम्रो काम गर्न खोजेपनि त्यो पर्याप्त नभएको गुनासो पोखेका छन् । उनले सरकारलाई राम्रो काम गर्नको लागि आफ्नो दलको सधैं साथ र सहयोग रहने पनि विश्वास दिलाए । पार्टीको पूर्व–पश्चिम जागरण अभियानअन्तर्गत आज (बुधबार) धनुषाको जनकपुरमा पार्टीनिकट प्रेस…