प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ सम्पन्न

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशका लागि प्रस्तावित अब्दुल अजीज मुसलमान र सारंगा सुवेदीमाथिको संसदीय सुनुवाइ शुक्रबार सम्पन्न भएको छ । प्रतिनिधि सभाअन्र्तगत सार्वजनिक लेखा समितिमा भएको सुनुवाइमा दुवैले आफूमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश सारंगा सुवेदीले न्यायपालिकाको रणनीतिक योजना निर्माण र सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवको आधारमा सक्दो योगदान गर्ने…