राष्ट्रिय मानव अधिकार आयोगले तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ भने दुर्गा प्रसाईंको नेतृत्वमा बल्खुमा भएको प्रदर्शनमा प्रहरीको सुरक्षा घेरा तोडेर कालिमाटीतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको बताएको छ । आयोगले एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक…