काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले, प्रतिपक्षमा बस्नु पर्दाको पीडा खप्न नसकेर बारम्बार संसद अवरुद्ध गरेको आरोप लगाएका छन् ।बुधबार जनकपुर पुगेका अर्थमन्त्री महतले, प्रतिपक्षले बहुमत सांसदले बनाएको सरकारलाई स्वीकार गरेर अघि नसकेको उनको तर्क छ । ‘सहज रुपमा सरकारलाई स्वीकार गर्ने गर्नु पर्यो । प्रतिपक्षमा बस्ने वित्तिकै त्यसलाई सहनै नसक्ने त गर्न भएन…