राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूत सङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङ्ले शिष्टाचार भेट गरेका छन्। आइतबार राष्ट्रपति भवनमा भएको सो भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।