मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय : जनमतकी अनितादेवी मन्त्री बन्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने भएको छ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको बैठकपछि पार्टी सचिव दीनानाथ शर्माले जानकारी दिए । ‘हामीले एउटा मन्त्रालय छाड्ने र जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने भन्ने सहमति पार्टी बैठकमा भएको छ…