सरकार ढाल्ने कुरा भएको छैन : प्रमुख सचेतक लेखक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले, पार्टी भित्र सरकार फेरबदल बारे कुनै कुरा नभएको बताएका छन् ।शुक्रबारदेखि जारी संसदीय दलको बैठकपछि आइतबार पत्रकारहरुसँग बोल्दै उनले अहिले कांग्रेस सरकार फेरबदलको पक्षमा नरहेको बताएका हुन्। ‘अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन’, उनले भने, ‘भोलि सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्वपूर्ण…