३० जेठ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि रिटलाई अग्राधिकार दिने आदेशसमेत भएको छ। माओवादी सशस्त्र द्वन्द्वकालमा बालबालिकाहरूलाई लडाकुको रूपमा प्रयोग गरेको आरोपमा पूर्व बाल सैनिकहरूले प्रधानमन्त्री…