काठमाडौँ, २३ जेठ । नेपाल प्रेस युनियनले राज्यको एकमात्र सरकारी न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले साना लगानीका स्वरोजगारमूलक सञ्चार माध्यमलाई निःशुल्क समाचार उपलब्ध गराउनुपर्ने माग गरेको छ । भक्तपुरमा आज सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकले मुलुकमा देखिएको आर्थिकमन्दीका कारण साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यम सञ्चालन गर्न कठिनाइ भइरहेकाले सरकारी लगानीको राससले निःशुल्क समाचार उपलब्ध गराउन…