सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्दैन : सांसद पदम गिरी

काठमाडौँ , १० साउन । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रकरणको जरोसम्म छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन नहुन्जेल संसद् चल्न नसक्ने बताएका हुन् । गृहमन्त्री, प्रधानमन्त्री र अर्थमन्त्रीहरूको सेटिङबिना यस्तो सम्भव छैन, गिरीले भने, यसपटकमा जरासम्म गएर छानबिन…