नवनिर्वाचित सांसद रवि र स्वर्णिमले लिए शपथ

काठमाडौं, १५ वैशाख । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुइजनाले शुुक्ररबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुुवाएका हुन् । १० वैशाखमा भएको उपनिर्वाचनमा चितवन-२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित भएका हुन् ।