एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । आजदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक सुरु भएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उहाँका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुने छ । आजको बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिने छ । यसैगरी कतिपय नेता तथा कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा…