दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीहरूसँग छलफल गर्ने भएका छन् । आज बिहान ११ बजे दमकस्थित होटेल कोरोनेशनमा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका करिब ३ सयभन्दा बढी विद्यार्थीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । निर्वाचन लक्षित भेटघाटको क्रममा आजको पहिलो कार्यक्रम विद्यार्थीहरूसँग छलफल रहने जनाइएको छ ।…