कांग्रेस केन्द्रीय कार्यालयमा शेखर कोइराला समूहको धर्ना

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा डा।शेखर कोइराला समूहले धर्ना दिएको छ । बुधबार दिउँसो १ बजेदेखि कोइराला समूहका नेता कार्यकर्ता धर्नामा बसेका छन् । सभापति शेरबहादुर देउवाले समानुपातिक बन्दसूचीमा आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिएको, सरसल्लाहविनै सूची बनाएको, एकलौटी र एकपक्षीय ढंगले चलेको भन्दै कोइराला समूह संस्थापन पक्षविरुद्ध आन्दोलित भएको हो ।…