नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चैतभित्र स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारहरूको टुंगो लगाइने बताएका छन् ।उम्मेदवारहरूको टुंगो लगाउन केन्द्रदेखि पालिका तहसम्मै संसदीय समितिको व्यवस्था विधानमै रहेको र समितिले उम्मेवदार टुंगो लगाउन ढिला नगर्ने बताए । ‘अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति यसपटक रहँदैन । निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ ।…