प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा भाग लिन यहाँ आउनुभएका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिको सम्मानमा आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा आयोजित चियापान कार्यक्रममा उहाँले प्रजातन्त्र बलियो बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभएको हो । “पार्टीभित्रको निर्वाचनमा हारजित…