बिलौना गर्न प्रचण्डलाई एमालेमा ढोका खुला, समाजवादीलाई बन्द : भानुभक्त ढकाल

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले कांग्रेसले हेला गरेर एमालेमा आएर बिलौना गर्न प्रचण्डलाई ढोका खुला रहेको बताएका छन् ।प्रेस चौतारी नेपाल चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ढकालले भने, ‘बिहे गरेर दिएको चेलीलाई अफ्ठयारो पर्दा तीजमा माइतमा बिलौना गाएको जस्तै उहाँलाई कांग्रेसले धेरै हेप्यो भने हाम्रै आन्दोलनमा आएर…