नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम छ । आज दिनभरि मनोनयन दर्ताको समय तोकिएकाले बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्ने भनिए पनि अहिलेसम्म सुरु भएको छैन । पौडेल–कोइराला समूह छिन्नभिन्न भएको र संस्थापन पक्षले पनि पदाधिकारीको टुंगो लगाउन नसकेकाले मनोनयनमा ढिलाइ भएको हो । अहिले दुवै पक्ष आ–आफ्नो प्यानल बनाउन लागिपरेका छन्…