कांग्रेस प्रदेशसभा ‘ख’को सभापतिमा श्रेष्ठ विजयी

५ मंसिर पाँचथर। नेपाली कांग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र 'ख'को सभापतिमा मैया श्रेष्ठ लावती विजयी भएकी छन् । आइतबार सम्पन्न भएको मतगणनाअनुसार श्रेष्ठले २७३ मत प्राप्त गर्दै विजय हासिल गरिन् । श्रेष्ठका प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामाले २०९ मत प्राप्त गरेका छन् । श्रेष्ठ जिल्ला सभापतिका उम्मेद्वार सुरेन्द्रकुमार दाहाल पक्षधर हुन् भने लामा जिल्ला सभापतिका अर्का उम्मेद्वार रुपनारायण…