अफगानी जनताका लागि सहायता सामग्री लिएर नेपाली टोली काबूल प्रस्थान



अफगानिस्तानका लागि मानवीय सहायता स्वरुप हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित नेपाली टोली काबुल प्रस्थान गरेको छ ।

काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए । संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने पनि मन्त्री खड्काले बताए ।

पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चीत्कार सुनेपछि आफूले नेपाल सरकारले तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको स्पष्ट पारे ।

सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्रीहरु व्यवसायीहरुले निःशुल्क रुपमा उपलब्ध गराएको जानकारी मन्त्री खड्काले दिए । ती सामग्रीहरु अफगानिस्तानसम्म पुर्याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान सहयोग गरेको पनि मन्त्री खड्काले बताए ।

प्रकाशित मिति : माघ २, २०७८ आईतबार  ९ : ४४ बजे