काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संविधान र व्यवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै मुलुकको प्रणाली परिवर्तन आवश्यक रहेको औंल्याएका छन् ।शनिबार आयोजित ‘विद्यार्थीसँग जनप्रतिनिधिः विचार विमर्श’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरू पूर्ण रुपमा निशुल्क हुनुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘शिक्षा, स्वास्थ्य पूर्ण रुपमा…