नेपाल पत्रकार महासङ्घ कास्कीमा विमला भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न निर्वाचनमा भण्डारी १७४ मतसहित विजयी बन्नुभएको हो । उहाँका प्रतिस्पर्धी केशवशरण लामिछानेले १२१ मत प्राप्त गर्नुभयो । विजयी भण्डारी नेपाल प्रेस युनियन निकट हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी लामिछाने प्रेस चौतारी निकट हुनुहुन्छ ।त्यस्तै उपाध्यक्षमा रामप्रसाद तिमल्सिना, उपाध्यक्ष ९महिला०मा जमुना शर्मा…