एमाले र एकीकृत समाजवादीबीच देउसीभैली कार्यक्रममै काउन्टर

खोटाङमा नेकपा (एमाले) र एमालेबाट अलग भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीचमा कार्यक्रममार्फत एकले अर्कालाई काउण्टर गर्न थालेका छन्। एमालेको खोटाङ–काठमाडौं सम्पर्क मञ्च र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ(काठमाडौं सम्पर्क मञ्चले एकै दिन काठमाडौंमा देउसीभैली कार्यक्रम गरेको छ। बुधबार एमालेको खोटाङ(काठमाडौं सम्पर्क मञ्चले अन्नपूर्ण पाटी भेन्यू, पुरानो बानेश्वरमा देउसीभैली गरिरहँदा एकीकृत समाजवादी खोटाङ–काठमाडौं सम्पर्क…