आज देशभरका पालिकामा एमालेको अधिवेशन, ओलीले भर्चुअल उद्घाटन गर्दै

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ। गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो। पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन्। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका…