सहमती नजुटेपछी माओवादीको निर्वाचन प्रकिया स्थगित



माओवादी केन्द्रीको जारी महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यतालिका स्थगित गरिएको छ। शीर्ष नेताहरुले कार्यसमितिमा सर्वसहमतिको प्रयास गरे पनि शनिबार ७ बजेसम्म पनि सहमति नभएपछि सहमतिका लागी थप प्र या स गर्न भन्दै निर्वाचन कार्यतालिका स्थगित गरिएको हो।

शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको नेताहरुले जानकारी दिएका छन ।शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो ।

निर्वाचि प्रक्रिया भोलि (आइतबार) दिउँसो १ बजेबाट पुनः सुरु हुने बताइएको छ। निर्वाचन प्रक्रिया सुरु हुनुअघि आयोजक कमिटीको बैठक बसी नयाँ कार्यसमिति चयनका लागि सर्वसहमतिको प्रयास गरिने एक नेताले बताए।

प्रकाशित मिति : पुस १७, २०७८ शनिबार  ७ : २२ बजे